सबैको समाचार
सोमवार, भदौ ८, २०८३
  • होमपेज
  • काभ्रेको पात्लेखेतमा गाडीले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु

काभ्रेको पात्लेखेतमा गाडीले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु

10045
Shares
काभ्रेको पात्लेखेतमा गाडीले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु

काभ्रेमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

आज बिहान ६:१० बजे भकुन्डेबेसीबाट काठमाडौं आउँदै गरेको प्र १-०१-००१ च ८५९२ नम्बरको योद्धा गाडीको ठक्करबाट धुलिखेल नगरपालिका-११ पात्लेखेतका ५० वर्षीय यमुना प्रसाद धितालको मृत्यु भएको हो।

काभ्रेका प्रहरी प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठका अनुसार पात्लेखेतस्थित सडकमा हिँडिरहेका उनलाई गाडीले ठक्कर दिएको थियो।

गाडीको ठक्करबाट गम्भीर घाइते अवस्थामा धिताललाई उपचारका लागि धुलिखेल अस्पताल पुर्‍याउँदा बिहान ६:५५ बजे डाक्टरले मृत घोषणा गरेको हो।

डिएसपी श्रेष्ठले गाडी र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।

10045
Shares

ट्रेन्डिङ