सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • एनसेलको पूँजीगत लाभकर उठाउन निर्देशन

एनसेलको पूँजीगत लाभकर उठाउन निर्देशन

3700
Shares
एनसेलको पूँजीगत लाभकर उठाउन निर्देशन

निजी दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको सेयर खरिद बिक्रीमा लाग्ने पूँजीगत लाभकरका विषयमा तीन महिनाभित्र आवश्यक निर्णय गर्न संसद्को सार्वजनिक लेखा समितिले अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको आजको बैठकले एनसेलको करका विषयमा तत्काल निर्णय गर्न र कुनै पनि अर्थमा छुट नदिनसमेत निर्देशन दिएको समितिका ज्येष्ठ सदस्य सर्वेन्द्रनाथ शुक्लले जानकारी दिनुभयो ।
बैठकमा अर्थसचिव शान्तराज सुवेदीले एनसेलको लाभकर उठाउन कार्यतालिका बनाएर काम भइरहेको बताउनुभयो । उहाँले आगामी केही महिनाभित्र कर निर्धारण गरेर आवश्यक प्रक्रिया अगाडि बढाइने बताउनुभयो । बैठकमा सांसदले एनसेलले तिर्नुपर्ने कर पूर्ण रुपमा भुक्तान नगरी फोरजी सेवा सञ्चालन प्रक्रिया रोक्नुपर्नेमा जोड दिएका थिए । रासस

3700
Shares

ट्रेन्डिङ