सबैको समाचार
शुक्रबार, कार्तिक ७, २०८३
  • होमपेज
  • पाल्पा जेसीज बर्ष २०२४ को आयोजनामा लोम अफिसर तालिम सम्पन्न

पाल्पा जेसीज बर्ष २०२४ को आयोजनामा लोम अफिसर तालिम सम्पन्न

1580
Shares
पाल्पा जेसीज बर्ष २०२४ को आयोजनामा लोम अफिसर तालिम सम्पन्न

पाल्पा :- पाल्पा जेसीज बर्ष २०२४ ले आफ्नो शाखाको कार्य सम्पादनलाई व्यबस्थित बनाउनका ब्यक्तिगत क्षेत्र तर्फको तालिम जेसीज पदाधिकारीहरुलाई लोम अफिसर तालिम संचालन गरेको छ।

शाखा अध्यक्ष जेसी अर्जुन कार्कीको अध्यक्षता तथा तालिम संयोजक जेसी बालकृष्ण बस्यालको संयोजकत्वमा भएको कार्यक्रमको मुल प्रशिक्षण पाल्पा जेसिज बर्ष २०१५ का अध्यक्ष जेसी श्रीचन्द्र शाक्य रहनुभएको थियो ।

बर्ष २०२४ का पदाधिकारीहरुको उल्लेखनीय सहभागिता रहेको तालिममा पदिय जिम्मेवारी र कर्तब्य तथा जेसिजको लक्ष्य र उदेश्यको बारेमा अबगत गराइएको थियो। तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई सम्बोधन गर्दै मुख्य प्रशिक्षक शाक्यले यदि शाखाले गरेका हरेक कार्यहरुलाई समयमै सही ढंगले सम्पादन गर्न सकिएन भने शाखाले मेहनतका साथ सम्पन्न गरेका कुनै पनि कार्यहरुको मुल्यांकन हुन नसक्ने र शाखाको सबै मेहनत खेर जाने भएकोले हरेक सदस्यले शाखा व्यबस्थापनमा सहकार्य गर्नको लागि पनि तालिमको आवस्यक रहेको बताए। युवाहरु हरेक पक्षमा सबल र सफल बन्न आफुमा अनुशासन र धैर्यता हुनुपर्ने समेत शाक्यले सुझाव दिए ।

शाखा सम्पादक जेसी प्रकाश कार्कीको आस्था पाठ बाचन, ब्यक्तिगत क्षेत्र तर्फका उपाध्यक्ष जेसी बिक्रम सिंहको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रम महासचिव जेसी विजय कार्कीको संचालन गरेका थिए।

1580
Shares

ट्रेन्डिङ