सबैको समाचार
बुधबार, असार ३१, २०८३
  • होमपेज
  • विमानस्थलमा भएको कुटपिटको घटना छानबिन गर्न समिति गठन

विमानस्थलमा भएको कुटपिटको घटना छानबिन गर्न समिति गठन

1395
Shares
विमानस्थलमा भएको कुटपिटको घटना छानबिन गर्न समिति गठन

त्रिभुवन विमानस्थलमा प्रहरी र अध्यागमन कार्यालयका कर्मचारीबीच भएको कुटपिटको घटना छानबिन गर्न समिति गठन भएको छ।

घटनाको छानिबनका लागि गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमक संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो।

समितिलाई सोमबारको उक्त घटनाबारे छानबिन गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन भनिएको गृह मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिएका छन् ।

समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बाँस्तोला र अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य छन्।

शुक्रबार दिउँसो अध्यागमन कार्यालयका कर्मचारी र विमानस्थलमा चेकजाँचमा खटिएका प्रहरीबीच कुटपिट भएको थियो।

1395
Shares

ट्रेन्डिङ