सबैको समाचार
बुधबार, अशोज २१, २०८३
  • होमपेज
  • ‘इन्डियन आइडल’ बाट बाहिरिइन् मेनुका पौडेल

‘इन्डियन आइडल’ बाट बाहिरिइन् मेनुका पौडेल

2765
Shares
‘इन्डियन आइडल’ बाट बाहिरिइन् मेनुका पौडेल

भारत | भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ बाट नेपालकी मेनुका पौडेल बाहिरिएकी छिन्।

आइतबार प्रसारित एपिसोडबाट उनी बाहिरिएको घोषणा गरिएको हो। उनी आइडलको टप १० मा मात्रै पुग्न सफल भएकी छन्।

मेनुकाले आफ्नो सामाजिक सञ्जालमार्फत इन्डियन आइडलको यात्रा टुंगिएको बताएकी छन्।

‘मेरो इन्डियन आइडलको यात्रा यही सकिएको छ। तर मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरू भएको छ।

म सबैजनालाई विश्वास दिलाउन चाहन्छु कि मैले पहिलेभन्दा अझै सक्रिय रूपमा गायन र प्रस्तुतिमार्फत सबैलाई मनोरञ्जन दिनेछु। यो मेरो सुरूवात हो, समाप्ति होइन,’ उनले लेखेकी छन्।

उनले आफ्नो गायन, रेकर्डिङ र कन्सर्टमा साथ दिनसमेत फ्यानलाई आग्रह गरेकी छन्। केही समयअघि उनले प्रभास अभिनीत फिल्म ‘सलार’ मा ‘सुरज हि छाहो बन्के’ बोलको गीत गाएकी थिइन्।

उनको गीतलाई दर्शकले खुब रूचाएका थिए।

2765
Shares

ट्रेन्डिङ