सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • उपनिर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आह्वान

उपनिर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आह्वान

1465
Shares
उपनिर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आह्वान

काठमाडौं । निर्वाचन आयोगले आगामी उपनिर्वाचनका लागि  मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ ।

विसं. २०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन तथा २०७९ मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपश्चात् स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका देहाय बमोजिमका २३ पद रिक्त भएको जनाउँदै आयोगले उक्त पदहरूमा कानुन बमोजिम उपनिर्वाचनमार्फत पदपूर्ति गर्नुपर्ने अवस्था रहेको छ ।

आयोगले नियमितरुपमा प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरू मार्फत मतदाता नामावली दर्ता गर्ने कार्य गर्दै आएको जनाउँदै नागरिकको सहजताको लागि बाह्य जिल्लाबाट मतदाता नामावली दर्ता गर्न सकिने सुविधा समेत उपलब्ध गराएको जानकारी दिएको छ ।

1465
Shares

ट्रेन्डिङ