सबैको समाचार
बिहिबार, कार्तिक ६, २०८३
  • होमपेज
  • दीर्घरोगी र गर्भवतीका लागि निःशुल्क स्वास्थ्य बिमा

दीर्घरोगी र गर्भवतीका लागि निःशुल्क स्वास्थ्य बिमा

1465
Shares
दीर्घरोगी र गर्भवतीका लागि निःशुल्क स्वास्थ्य बिमा

गोरखा | गण्डकी गाउँपालिकाले गर्भवती तथा दीर्घरोगीका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम शुरु गरेको छ।

चालु आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित बजेटमार्फत पालिकाभित्रका सबै गर्भवती तथा दीर्घरोगीका लागि स्वास्थ्य बिमा गर्न शुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले जानकारी दिए।

‘पालिकाले दीर्घरोगी र गर्भवतीका लागि वार्षिक एक लाखसम्मको स्वास्थ्य बीमाको थालनी गरेको छ’, उनले भने, ‘स्वास्थ्य बीमा कार्यक्रमले लक्षित परिवारमा अबदेखि सहज स्वास्थ्य सेवाको पहुँच पुग्नेछ।’ गाउँपालिकाले वडा नं ६ बाट विश्व ‘क्यान्सर’ दिवसका अवसर पारेर स्वास्थ्य बिमा कार्यक्रमको थालनी गरेको छ।

आग्रीडाँडा सामुदायिक स्वास्थ्य एकाइमा ‘क्यान्सर’पीडित परिवार तथा गर्भवतीलाई स्वास्थ्य बीमा फारम उपलब्ध गराएर बीमा कार्यक्रमको औपचारिक सुरुआत गरिएको उनको भनाइ छ।

कार्यक्रम शुरु भएसँगै पालिकाभित्रका सबै गर्भवती तथा सूचीकृत भएका दीर्घरोगीलाई निःशुल्क स्वास्थ्य बीमा उपलब्ध गराउँदै जाने प्रमुख तिमल्सिनाले जानकारी दिए।

गण्डकी गाउँपालिकाभित्र अहिलेसम्म सूचीकृत भएका ८४ दीर्घरोगी छन्। दीर्घरोगी तथा गर्भवतीलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्षका लागि १० लाख बजेट विनियोजन गरेको थियो।

कार्यक्रम अब निरन्तर चल्नेछ। बिमा गर्दा गर्भवती तथा दीर्घरोगीका परिवारका पाँच जना सदस्यको समेत निःशुल्क स्वास्थ्य बीमा हुने गाउँपालिकाले जनाएको छ ।

1465
Shares

ट्रेन्डिङ