सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विद्यालय बन्द नगर्ने सहमति

विद्यालय बन्द नगर्ने सहमति

5640
Shares
विद्यालय बन्द नगर्ने सहमति

भद्रपुर । निजी विद्यालयमा भएको शुल्क वृद्धि लगायत समस्याबारे केन्द्रीय सहमतिअनुसार अघि बढ्ने सरोकार भएकाहरुको प्रतिबद्धतापछि विद्यार्थी सङ्गठनले झापामा जारी राखेको विद्यालय बन्दलगायत कार्यक्रम फिर्ता लिएका छन् । संवाद समूह झापाको संयोजनमा बिर्तामोडमा सोमबार साँझ सम्पन्न सर्वपक्षीय वार्तामा भएको सहमतिअनुसार आन्दोलनरत विद्यार्थी सङ्गठनले अनिश्चितकालीन विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएका हुन् ।
आन्दोलरत विद्यार्थी सङ्गठन, स्थानीय शान्ति समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा कार्यालय, प्याब्सन, एनप्याब्सन झापाका प्रमुख तथा प्रतिनिधिबीचको वार्तामा पाँचबुँदे सहमति भएको थियो । सोअनुसार आज बिहानदेखि निजी विद्यालय पूर्ववत्ः सञ्चालन हुने, शुल्कवृद्धिलगायत समस्याबारे केन्द्रीय सहमतिअनुसार अघि बढ्ने र सोको कार्यान्वयनमा जिशिकाले पहल गर्ने सहमति भएको छ ।
शैक्षिक क्षेत्रका अन्य समस्या समाधानमा विद्यालय वर्गीकरण तथा शुल्क निर्धारण समितिले विद्यार्थी सङ्गठन, प्याब्सन, एनप्याब्सनसमेतको सहभागितामा अघि बढ्ने, मापदण्ड विपरीतका निजी विद्यालयलाई जिशिकाले तत्काल कारर्बाही प्रक्रिया अघि बढाउने र निजी विद्यालय, प्याब्सन, एनप्याब्सन, विद्यार्थी सङ्गठन र जिशिकाबीच कुनै असमझदारी भए संवादका माध्यमबाट सहमतिका साथ अघि बढ्नेसमेत प्रतिबद्धता जनाइएको छ । छलफलको सहजीकरण संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र खगेन्द्र खरेलले गर्नुभएको थियो । रासस

5640
Shares

ट्रेन्डिङ