सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • सुनकाण्डमा आयोगले लियो कृष्णबहादुर महरासँग बयान

सुनकाण्डमा आयोगले लियो कृष्णबहादुर महरासँग बयान

1745
Shares
सुनकाण्डमा आयोगले लियो कृष्णबहादुर महरासँग बयान

काठमाडौँ | सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासँग आज बयान लिएको छ।

आयोगले ब्रेक प्याडमा हालेर ल्याइएको ६१ किलो सुन र विद्युतीय चुरोट (भेप)मा हालेर ल्याइएको ९ किलो सुन प्रकरणका विषयमा महरालाई आज सिंहदरबारमा बोलाएर बयान लिएको हो। आयोगले झण्डै २ घण्टा बयान लिएको आयोग श्रोतले बताएको छ।

आयोगले आजै महरासँगै विध ल्यावका सञ्चालक भीमकान्त भण्डारीसँग पनि बयान लिएको छ।

महरा भेपमा हालेर ल्याइएको ९ किलो सुन प्रकरणमा जोडिएका व्यक्ति हुन्।सुन तस्करका मुख्य नाइके भनिएका दाओजिन वाङसँग महराको सम्पर्क भएको देखिएको र स्वयं महराले पनि भेटघाट र कुराकानी भएको स्वीकार गरेका थिए ।

उक्त प्रकरणमा उनका छोरा राहुल अहिले पुर्पक्षका लागि थुनामा छन्। भण्डारीसँग हाल पुपक्षका लागि थुनामा रहेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग कुराकानी भएको पाइएपछि बयान लिइएको हो।

आयोगले ६० किलो सुन तस्करी र भेपमार्फत ९ किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको हो।

1745
Shares

ट्रेन्डिङ