सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • बिग्रन थाले संसदका माइक, अन्य सांसदहरुको माइक तानेर बोल्नु पर्ने बाध्यता

बिग्रन थाले संसदका माइक, अन्य सांसदहरुको माइक तानेर बोल्नु पर्ने बाध्यता

1655
Shares
बिग्रन थाले संसदका माइक, अन्य सांसदहरुको माइक तानेर बोल्नु पर्ने बाध्यता

काठमाडौं । प्रतिनिधि सभामा सांसदहरुका लागि राखिएका माइक बिग्रन थालेका छन् ।

प्रतिनिधि सभाको बैठकमा सांसदहरुले आफू रहेको कुर्सी अगाडिको माइक बिग्रेपछि अन्य सांसदहरुको माइक तानेर बोल्नु पर्ने बाध्यात्मक अवस्था छ ।

प्रतिनिधि सभा सदस्य सूर्यमान तामाङ दोङले शून्य समयमा बोल्न माइक उचाले तर, काम गरेन । त्यसपछि उनी अलमलिए । सभामुखले ‘अर्को माइक प्रयोग गर्न’ सुझाए ।

केही बेरपछि शून्य समयमै बोलेका हेमराज राईले पनि माइकका कारण हैरानी बेहोर्नु पर्यो । आफ्नो छेवैको माइक बिग्रिएको थाहा पाएपनि अर्को–अर्को गर्दै आफू रहेको लहरका सबै माइक एक÷एक गरी चेक गरे तर कुनैले पनि काम गरेन । त्यसपछि उनले तल्लो लहरमा पुगेर माइक लिएर बोले ।

1655
Shares

ट्रेन्डिङ