सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • कामदारलाई करणी गरेको आरोपमा होटेल सञ्चालक पक्राउ

कामदारलाई करणी गरेको आरोपमा होटेल सञ्चालक पक्राउ

1610
Shares
कामदारलाई करणी गरेको आरोपमा होटेल सञ्चालक पक्राउ

गोरखा  । गोरखामा आफ्नै कामदारलाई करणी गरेको आरोपमा होटेल सञ्चालक पक्राउ परेका छन् ।

२०८० फागुन १५ गते बिहान साढे ११ बजेको समयमा वर्ष ४१ का ईश्वर बस्नेतले आफ्नै होटेलमा काम गर्ने युवतीलाई जबरजस्ती करणी गरेको युवतीको जाहेरी दरखास्तको आरोपमा होटेल सञ्चालकलाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा गोरखा नगरपालिका – ११ को बाहैकिलोमा होटेल व्यवसायी ईश्वर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक रवीन्द्र अधिकारीले  बताए ।

पक्राउ परे लगत्तै आरोपीविरुद्ध जबरजस्ती करणी कसुर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।  

1610
Shares

ट्रेन्डिङ