सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • नगर अस्पतालबाट शल्यक्रियासहितको प्रसूति सेवा सुरु

नगर अस्पतालबाट शल्यक्रियासहितको प्रसूति सेवा सुरु

1005
Shares
नगर अस्पतालबाट शल्यक्रियासहितको प्रसूति सेवा सुरु

सर्लाही | लालबन्दी नगर अस्पतालले शल्यक्रियासहितको प्रसूति सेवा सुरु गरेको छ ।

नगरपालिकाको आफ्नै प्रयासमा प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालमा स्तरोन्नति गरी जटिल प्रसूति व्यथा भएका गर्भवती महिलाको शल्यक्रिया सेवा सुरु गरिएको लालबन्दी नगरपालीकाका नगरप्रमुख बासूदेब अधिकारिले जानकारी दिए ।

पहिलोपटक लालबन्दी नगर अस्पतालले मिर्चैया नगरपालिका १९ वर्षीया चन्डिका मगरको शल्यक्रिया गरिएको हो । शल्यक्रियाबाट उनको पहिलो सन्तान छोरी भएको लालबन्दी नगर अस्पतालले जनाएको छ ।

चन्डिका मगरको शल्यक्रिया गरेर लालबन्दी अस्पतालमा प्रसूति शल्यक्रिया सेवा सुरु गरिएको लालबन्दी नगरपालिका स्वास्थ शाखाले जनाएको छ । डा. रामबिश्वास राय दनुवार एनेस्थेसिया सहायक अनिल कापर, नर्स बबिता कुमारीसहितको स्वास्थ्यकर्मीको टोलीले सफलतापूर्व शल्यक्रिया गरेको हो ।

सुत्केरी व्यथा लागेर अस्पताल आएकी महिलाको शल्यक्रियाबाट आफ्नी छोरीलाई जन्म दिएको डा. रामबिश्वास राय दनुवारले बताए ।

लालबन्दी नगर अस्पतालमा सोमबार पहिलो शल्यक्रिया सफल भएको डा. दनुवारले बताए ।

1005
Shares

ट्रेन्डिङ