सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सम्सारा रेमिट कि हुण्डीको कारखाना ?

सम्सारा रेमिट कि हुण्डीको कारखाना ?

3445
Shares
सम्सारा रेमिट कि हुण्डीको कारखाना ?

चन्द्र ढकालको IME बाट जागिर छाडेर आएका हंस राज जैन अध्यक्ष, जीवन बाबु श्रेष्ठ उपाध्यक्ष, सुरज क्षेत्री निर्देशक र जगत रिजाल निर्देशक लगायतको टिमले शुरु गरेको सम्सारा रेमिटले हुण्डीको कारोबार चर्कोरुपमा गरेको फेला परेको छ ।
नेपालमा रेमिट्ेन्सको कारोबार नगर्ने तर विश्वका विभिन्न देशबाट नेपालमा पैसा भित्र्याउने सम्सरा रेमिटले विभिन्न मुलुकबाट रेमिट्ेन्स नल्याई हुण्डीबाट पैसा ल्याउने गरेको फेला परेको हो ।
युरोप, अमेरिका, जापन जस्ता देशमा रहेका व्यापरीहरुको कालो धन रातारात व्यक्तिको नाममा हुण्डी मार्फत नेपाल भित्र्याउने सम्सरा रेमिटका निर्देशकहरुलाई राज्यले अब कारवाही गर्न ढिलो भैसकेको छ ।
चन्द्र ढकालको IME बाट सबै च्यानल, सिस्टम सिकेर आएका ४ जनाले विदेशमा रहेका नेपालीहरुको पैसा हुण्डी मार्फत नेपाल भित्र्याएर राज्यलाई अरबै राजश्व छली गरेका छन् । भने देशको अर्थतन्त्र नै तहसनहस बनाउने काम समेत गरेको फेला परेको छ ।
यी चार भाईहरुको सम्पत्ति र उनीहरुको कारोबारको छानवीन हुनु पर्दछ की पर्दैन । नेपालमा हुण्डीबाट अबैं पैसा “कालो धन” आएको प्रसङ्ग कोट्याउदा सिआईबी प्रमुख नवराज सिलबाल भन्दछन्ः हामी छानवीन गरिरहेका छौं धेरै रेमिटेन्स कम्पनी छानवीनको घेरामा छन् ।
दजनौ उजुरी आएका छन् । उनीले थपेः रेमिट्ेन्स भित्र्याउने नाममा हुण्डी मार्फत पैसा आउने गरेको फेला परेको छ । यसको रिजल्र्ट हामी चाडै बाहिर ल्याउने पक्षमा छौं ।
अधिकाशं रेमिट कम्पनीहरुले विदेशमा रहेको नेपालीहरुको “कालो धन” हुण्डी मार्फत नेपाल भित्र्याउने गरेको देखिन्छ । अहिले बैंकहरुमा पैसा छैन तरलताको चर्को अभाव छ । तर सम्सरा रेमिट जस्ता कम्पनीहरुले बैंकिङ च्यानल प्रयोग नगरि हुण्डी बाटै पैसा नेपाल ल्याएको दावी सम्बन्धित निकायले गरेको छ । विदेशी लगानीको नाममा नेपालमा सबैभन्दा बढी यस कम्पनीले गरेको देखिन्छ ।
नेपालमा हुण्डीको कारोबार मौलाएको छ । तपाईको चासो छैन नि भनि आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणी शर्मालाई प्रश्न गर्दा उनीले भने कसरी चासो छैन । हामी भित्रीरुपमा छानवीन मै छौं ।
तपाईले भनेजस्तो केही रेमिटेन्स कम्पनीबाट बदमासी भएको सूचना हामीले पनि पाएका छौं देशको राजश्व लुकाउने अपराध कसैले गरे हामी कारवाही मात्रै गर्दैनौ व्यवसाय नै बन्द समेत गराउने पक्षमा छौं ।
नेपालमा च्याउ सरी उम्रेका रेमिटेन्स कम्पनीहरुको धन्दा विदेशमा रहेको “कालो धन” रातारात नेपाल भित्र्याउने र राजश्व ठगी गर्ने काम भएको छ ।
स्रोतको दावी छः– सन्सारा रेमिट लगायत दर्जनौ रेमिटेन्स कम्पनीले जापान, कोरिया, मलेसिया देखि यूरोप, अमेरिकावाट समेत चोरवाटो प्रयोग गरि हुण्डी मार्फत अबै रकम नेपाल भित्र्याएको देखिन्छ ।
नेपालका चर्चित क्रिकेटर पारस खड्कालाई विज्ञापनमा दुरुपयोग गर्दै रातारात हुण्डी मार्फत “कालो धन” नेपाल भित्र्याउने सम्सारा रेमिट र त्यसको नेतृत्वलाई राज्यले तत्कालै कानुनको कठघरामा ल्याउनु पर्ने देखिन्छ । पारस खड्काको नाम बद्नाम गराउने सम्सरा रेमिट अब कारवाहीमा पर्ने प्रष्ट छ ।
विदेशमा रहेका युवा र विद्यार्थीहरुले कमाएको पैसा नेपाल भित्र्याउन पारस खड्काको फोटो देखाएर देशको राजश्व लुट्ने सम्साराका निर्देशकहरु विरुद्ध सिआईबी र आन्तरिक राजश्व विभागमा उजुरी समेत परेको स्रोतको दावी छ । राजतिलक साप्ताहिक

3445
Shares

ट्रेन्डिङ