सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेको पनौतीका किसानले पाए भैंसीको सुत्केरी भत्ता

काभ्रेको पनौतीका किसानले पाए भैंसीको सुत्केरी भत्ता

7770
Shares
काभ्रेको पनौतीका किसानले पाए भैंसीको सुत्केरी भत्ता

 

काभ्रेको पनौती नगरपालिकाले किसानलाई भैंसीको सुत्केरी भत्ता वितरण सुरु गरेको छ ।

नगरपालिकाले आज एक कार्यक्रमको आयोजना गरी किसानलाई भैंसीको सुत्केरी भत्ता वितरण गरेको हो । कृषि तथा पशुपंछी शाखाको स्वीकृत वार्षिक कार्यक्रम अनुसार भैसी आनुवांसिक संरक्षण कार्यक्रम अन्तर्गत भैंसी सुत्केरी भत्ता वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

आज वडा २ र ३ का किसानलाई भैंसीको सुत्केरी भत्ता वितरण गरिएको हो । दुई वटा वडाका १३५ जना किसानलाई नगरप्रमूख भिम न्यौपानेले भैंसी सुत्केरी भत्ता वितरण गर्नुभएको हो ।

भैंसी सत्केरी भत्ता अन्तर्गत दोस्रो किस्ता वापतको एक मुष्ट ६ लाख, ३५ हजार रुपैयाँ किसानलाई दिइएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा नगर प्रमूख न्यौपाने, उपप्रमुख गिता बन्जारा, प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, वडाध्यक्ष पुरुषोतम अधिकारी र किशोर थापा, कृषि तथा पशुपन्छी शाखा प्रमूख मणिप्रसाद सापकोटा लगायत सहभागि हुनुभएको थियो ।

 

7770
Shares

ट्रेन्डिङ