सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • काम लगाइदिन्छु भन्दै भारत पुर्‍याएर बेचेको आरोपमा १ जना पक्राउ

काम लगाइदिन्छु भन्दै भारत पुर्‍याएर बेचेको आरोपमा १ जना पक्राउ

1225
Shares
काम लगाइदिन्छु भन्दै भारत पुर्‍याएर बेचेको आरोपमा १ जना पक्राउ

नवलपरासी | बुटवलको कपडा पसलमा काममा लगाइदिन्छु भन्दै भारत पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

नवलपरासी पूर्व विनयी-त्रिवेणी गाउँपालिका-३ घर भएका २५ वर्षीय जीवन भन्ने रिकमन राई पक्राउ परेका हुन्।

उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले प्रहरी वृत्त कालिमाटीको सहयोगमा मंगलबार पक्राउ गरिएको हो।

राईले फेसबुकमार्फत चिनजान भएकी पीडितलाई रोजगारी लगाइदिने प्रलोभनमा भारतको मुजफ्फरपुरमा लगेर बन्धक बनाई राखेको अवस्थामा नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ।

उनले पीडितलाई मासिक ४० देखि ५० हजार रूपैयाँ तलब पाइने भन्दै भारत मुजफ्फरपुरस्थित मोर्डन फेसन टेड्र मार्क नामक कम्पनीमा बुझाएको रहेछन्। साथै कम्पनीमा काम गर्न ७ दिन तालिम लिनुपर्छ भन्दै पीडितबाट १६ हजार रूपैयाँ लिएको अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ।

राईविरूद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

1225
Shares

ट्रेन्डिङ