सबैको समाचार
सोमवार, भदौ ८, २०८३
  • होमपेज
  • आठ लाख नगदसहित चार जना पक्राउ

आठ लाख नगदसहित चार जना पक्राउ

1360
Shares
आठ लाख नगदसहित चार जना पक्राउ

मकवानपुर ।  करिब आठ लाख भारतीय र नेपाली रुपियाँसहित मकवानपुर प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा कार चालक भारतको बिहार राज्य सीतामणि थाना–९ भुभैरवो बस्ने वर्ष ३० का राकेशकुमार र सोही कारमा सवार सोही स्थानका वर्ष ३० का चन्द्रबाबु, वर्ष ३७ का अशोक राय र सुनसरी जिल्ला कोशी गाउँपालिका बस्ने वर्ष ३२ का निजाम मिया का छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले वीरगन्जबाट नारायणघाटतर्फ जाँदै गरेको बिआर ०१ एआर २९९१ को भारतीय कारबाट चार जनालाई आइतबार बिहान पक्राउ गरेको हो ।

प्रहरीलाई शङ्का लागी कार रोकेर जाँच गर्ने क्रममा उक्त कारको सिटमुनि लुकाई ल्याएको भारतीय रुपिया पाँच सयको नोट एक हजार ४२ थानको पाँचलाख २१ हजार, दुई सयको नोट ९३ थानको भा.रु. १८ हजार छ सय), सयको नोट ९३ थान भा.रु. नौ हजार तीन सय, ५० को नोट चार थान भा.रु. दुई सय गरी जम्मा भा.रु. पाँच लाख ४९ हजार एक सय रुपियाँ उनीहरूबाट बरामद भएको छ ।

नेपाली रुपियाँ एक हजार दरका नोट १५० थान, पाँच दरका नोट दुई थान गरी नेपाली रुपियाँ दुई लाख पचास हजार रुपियाँ फेला परेको प्रहरीले जनाएको छ ।

1360
Shares

ट्रेन्डिङ