सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • साहित्यकार गोबिन्द कडेंल “आँसु”लाई बेस्ट लिरिसिष्ट अवार्ड

साहित्यकार गोबिन्द कडेंल “आँसु”लाई बेस्ट लिरिसिष्ट अवार्ड

15050
Shares
साहित्यकार गोबिन्द कडेंल “आँसु”लाई बेस्ट लिरिसिष्ट अवार्ड

काठमाडौं, १९पुस । साहित्यकार गोबिन्द कडेंल आँसुलाई बेस्ट लिरिसिष्ट अवार्ड २०२० द्धारा सम्मानित गरिएको छ । उहाँलाई जुरी छनौटद्धारा बेस्ट लिरिसिष्ट अवार्ड प्रदान गरिएको हो । उहाँले हालै बजारमा ल्याउनुभएको आधालाश जलिसक्यो बोलको गीतद्धारा उक्त अवार्ड पाउनुभएको हो ।

सो अवार्डलाई अभिनेता तथा निर्देशक विरेन्द्र हमालले सम्मान तथा अवार्ड प्रदान गर्नुभएको थियो । यसअघि पनि साहित्यकार कडेंलले अन्र्तराष्टिय स्टार म्युजिक अवार्ड,ग्लोबल म्युजिक अवार्ड, सगरमाथा म्युजिक अवार्ड लगायतका विभिन्न राष्टिय तथा अन्र्तराष्टिय सम्मानहरु पाइसक्नुभएको छ ।

दुई दशकदेखि साहित्य यात्रामा निरन्तर कलम चलाउँदै आउनुभएका कडेंलले चितामाथिको बिहानी कथा संग्रह,वरपिपल खण्डकाव्य,सपनाको घर गिती संग्रह लगायत धेरै गीतहरु बजारमा ल्याइसक्नुभएको छ । उहाँले ५० भन्दा माथिको संख्यामा उपन्यासहरु सम्पादन गरिसक्नुभएको छ ।

15050
Shares

ट्रेन्डिङ