सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • बलिउड अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना

बलिउड अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना

1290
Shares
बलिउड अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना

काठमाडौँ । बलिउड अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना भएका छन्।

उनलाई शुक्रबार बिहान मुम्बईस्थित कोकिलाबेन अस्पतालमा भर्ना गरिएको हो। ८१ वर्षीय अमिताभको एन्जियोप्लास्टी शल्यक्रिया गरिएको छ।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार शुक्रबार बिहान ६ बजे अस्पतालमा भर्ना गरिएको थियो। उनी सेक्युरिटीका साथ अस्पताल पुगेका थिए।

यतिबेला अमिताभ स्वस्थ रहेको बताइएको छ। अमिताभले आफ्नो ट्विटरमार्फत उक्त जानकारी दिएका हुन्। ‘सधैं कृतज्ञता,’ उनले लेखेका छन्।

केही दिन अघि उनको खुट्टामा चोट लागेको थियो। यस्तैमा उनी अस्पताल भर्ना भएको खबर आएको हो।

1290
Shares

ट्रेन्डिङ