सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • प्रारम्भ सामाजिक संस्थाले गर्यो पनौती आधारभूत विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर

प्रारम्भ सामाजिक संस्थाले गर्यो पनौती आधारभूत विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर

2960
Shares
प्रारम्भ सामाजिक संस्थाले गर्यो पनौती आधारभूत विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर

काभ्रे । प्रारम्भ सामाजिक संस्था ललिपुरको विशेष सहयोगमा काभ्रेपलाञ्चोकको पनौतीमा रहेको पनौती आधारभूत पाठशालामा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

संस्थाकी अध्यक्ष तथा सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि कल्पना क्षेत्रीको पहलमा उक्त विद्यालयका २ सय ९५ जना विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।

साथै अमेरिका सियाटल निवासी उनकी छोरी आयशा गिरीले आफू अध्ययनरत विद्यालयका विद्यार्थीको पहलमा व्यक्तिगत खर्च कटाएर केही रकम संकलन गरी औषधि व्यवस्थापनमा सहयोग गरेकी हुन् ।

प्रथम त्रैमासिक परीक्षा सकेर एक हप्ते बिदा दिनुपूर्व सपद्यार्थीको स्वास्थ्य अवस्थाबारे जानकारी लिने र स्वास्थ्य उपचार गर्न तथा आवश्यक सल्लाह दिने उद्देश्यले शिविर संचालन गरिएको विद्यालयका प्रधानाध्यापक लक्ष्मीकृष्ण ताम्राकारले बताए ।

परीक्षण गरिएकामध्ये १ सय ५६ मा आँखा रोग, छालारोग, चोटपटक तथा घाउ पाक्ने, पिसाब तथा किड्नी सम्बन्धी, जिब्रो तथा दन्तरोग सम्बन्धी समस्याको पहिचान भएको इशान बाल अस्पतालका बालरोग सर्जन डा शिरिष सिलवालले बताए ।

नेपाल पत्रकार महासंघ काभ्रेपलान्चोक र अध्यक्ष बद्रिराज तिमल्सिनाको समन्वयमा संचालित शिविरको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतमले गरेका थिए ।

१९७२ सालमा पनौती आधारभूत पाठशाला नामले पनौती ७ मा स्थापित १०८ वर्ष पुरानो विद्यालय हो ।

2960
Shares

ट्रेन्डिङ