सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • तनावग्रस्त बनेको काभ्रेको पाँचखालमा आज मतदान नहुने

तनावग्रस्त बनेको काभ्रेको पाँचखालमा आज मतदान नहुने

7390
Shares
तनावग्रस्त बनेको काभ्रेको पाँचखालमा आज मतदान नहुने

काभ्रे को पाँचखालमा आज मतदान नहुने भएको छ ।

पाँचखाल नगरपलिका वडा नं १३ मा रहेको श्रीराम माध्यामिक विद्यालय मतदान केन्द्रमा आज मतदान नहुने भएको हो। मतदान सुरु भएको केहि घण्टापछि नेपाली काँग्रेसका केहि व्यक्तिहरुले निर्वाचन स्थलमा तोडफोड गरेका थिए।

मतदान अधिकृतले एकै जनालाई धेरै वटा मतपत्र दिएको भन्दै सत्तारूढ दलका कार्यकर्ताहरूले विरोध गर्दै तोडफोड गरेका हुन् ।

आक्रोशित भिडले मतपेटिका, कुर्सी, टेबल लगायतका निर्वाचन सामग्रीमा तोडफोड गरेका थिए। मतदान सुरु गर्न छलफल भएपनि विवाद नटुंगिएपछि आजका लागि मतदान कार्य स्थगित भएको जानकारी पाँचखालका निर्वाचन अधिकृत जीवन प्रसाद दुलालले जानकारी दिए ।

यद्यपी निर्वाचन आयोगको कार्यालयलाई यसबारे जानकारी पठाउने र आयोगको निर्देशनपछि के गर्ने भन्ने टुंगो लाग्ने छ ।

साँझसम्म मतदान हुन नसकेपछि स्थगित हुने लगभग निश्चित छ ।

7390
Shares

ट्रेन्डिङ