सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै प्रदर्शन गर्नेहरु पक्राउ

रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै प्रदर्शन गर्नेहरु पक्राउ

1360
Shares
रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै प्रदर्शन गर्नेहरु पक्राउ

काठमाडौं । रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

रुसी सेनामा गएर सम्पर्कविहीन भएकाहरुको खोजी, मृत्यु भएकाहरुको शव फिर्ता र अलपत्र परेकाहरुको उद्धारको माग राख्दै उनीहरुले सिंहदरको दक्षिण गेट अगाडि प्रदर्शन गरेका थिए । युद्धमा घाइते नेपालीको उचित उपचार, क्षतिपूर्ति र नेपाल ल्याउने व्यवस्था, मृतकका परिवार क्षतिपूर्तिसहित रुसी सेनाबाट पाउने तलब, भत्ताका लागि सहजीकरणको माग उनीहरूले गरेका छन् ।

रुसी सेनामा रहेका नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानकी अभियन्ता कृतु भण्डारी सहित १४ जनालाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको हो ।

1360
Shares

ट्रेन्डिङ