सबैको समाचार
बिहिबार, असार १३, २०८१
  • होमपेज
  • विद्यार्थी भिसामा अष्ट्रेलियाको थप कडाइ

विद्यार्थी भिसामा अष्ट्रेलियाको थप कडाइ

135
Shares
विद्यार्थी भिसामा अष्ट्रेलियाको थप कडाइ

काठमाडौं । अष्ट्रेलियाले विद्यार्थी भिसासम्बन्धी नियममा थप कडाइ गरेको छ ।

अष्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलले १ जुलाई देखि पर्यटक भिसामा रहेका  तथा टीआरमा रहेका कसैले पनि विद्यार्थी भिसा आवेदन दिन नपाउने नियमको घोषणा गरेकी हुन् । 

खासगरी विद्यार्थी र अन्य अस्थायी भिसा वाहकहरूलाई अनिश्चितकालसम्म अष्ट्रेलिया बस्न नदिने उद्देश्य रहेको मन्त्री ओनिलले स्पष्ट पारेकी छन्  ।

यस्तो नियम लागु गरिएसँगै  भिसासम्बन्धी प्रावधानका केही छिद्रहरू प्रयोग गरेर अष्ट्रेलिया बसाइ लम्ब्याउन चाहने विदेशी विद्यार्थी बढी प्रभावित हुनेछन् ।

यस्तो नियम लागु गरिएसँगै  भिसासम्बन्धी प्रावधानका केही छिद्रहरू प्रयोग गरेर अष्ट्रेलिया बसाइ लम्ब्याउन चाहने विदेशी विद्यार्थी बढी प्रभावित हुनेछन् ।गत १० महिनाको अवधिमा पर्यटक भिसाबाट विद्यार्थी भिसामा जानेको संख्या ३६ हजार रहेको जनाइएको छ ।

ग्राजुएट भिसा मा बसेका ३२ प्रतिशत विद्यार्थी पुनः विद्यार्थी भिसामा नै अष्ट्रेलिया बसाइलाई निरन्तरता दिइरहेको  मन्त्री ओनिलले विज्ञप्तमा उल्लेख गरेकी छन् ।

आगन्तुक भिसा र अस्थायी स्नातक भिसा क्याटागोरी सबक्लास ६०० र ४८५० मा रहेकाहरूले अबदेखि अनसोर अष्ट्रेलिया भित्रैबाट विद्यार्थी भिसाका लागि आवेदन दिन सक्ने छैनन्। त्यस्ता विद्यार्थीहरूले आफ्नो देश फर्किएर पुनः विद्यार्थी भिसामा आवेदन दिन भने पाउनेछन् ।

हाल अष्ट्रेलियामा ५५ हजार ३ सय नेपाली विद्यार्थी अध्ययनरत छन् । चीन र भारतपछि सबैभन्दा ठूलो सङ्ख्यामा नेपाली विद्यार्थी अष्ट्रेलियामा अध्ययनरत छन् । 

135
Shares

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका