सबैको समाचार
शुक्रबार, कार्तिक ७, २०८३
  • होमपेज
  • रुसी सेनामा रहेका नेपालीको उद्धार गर्न गृहमन्त्री लामिछानेसँग आग्रह

रुसी सेनामा रहेका नेपालीको उद्धार गर्न गृहमन्त्री लामिछानेसँग आग्रह

1335
Shares
रुसी सेनामा रहेका नेपालीको उद्धार गर्न गृहमन्त्री लामिछानेसँग आग्रह

काठमाडौं | ‘रुसी सेनामा आवद्ध नेपालीको जीवन रक्षार्थ अभियान’ले रुस र युक्रेन युद्धको पृष्ठभूमिमा रुसी सेनामा आवद्ध नेपालीको जीवनरक्षा तथा उद्दार गरी सकुशल नेपाल फिर्ताको पहल गरिदिन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग माग गरेको छ।

केही पीडित परिवारले आज मन्त्री लामिछानेलाई ११ बुँदे मागसहितको ध्यानाकर्षण–पत्र बुझाउँदै सकुशल उद्दार, मृतक आश्रित परिवारलाई उचित राहत, मृतक भनिएका तर पुष्टि नभएकाको अवस्था सार्वजनिक, वेपत्ताको खोजी, युक्रेनले युद्धबन्दी बनाएकाको उद्धार र घाइतेको उचित उपचारलगायत विषयमा सरकारलाई गम्भीर हुन आग्रह गरेका हुन् ।

पीडित पक्षसँगको कुराकानीका क्रममा मन्त्री लामिछानेले समस्याबारे आफू पूर्ण जानकार रहेको भन्दै अन्तरदेशीय समन्वय प्रभावकारी नहुँदा समस्या भएको र त्यसबारे प्रधानमन्त्रीसँग तत्काल छलफल गर्ने जानकारी दिए ।

‘तपाईंहरुको पीडाबारे पूर्ण जानकार छु । नेपालभित्रै पनि समन्वय अभावका कारण थप पीडा खेप्नुपरेको छ । यसबारे कसरी समन्वय गर्न सकिन्छ, आजभोलि नै प्रधानमन्त्रीसँग छलफल गर्छु’, मन्त्री लामिछानेले भने ।

रुसी सेनामा रहेका आफन्तलाई सकुशल फर्काइदिने भन्दै केहीले आफूहरुसँग पैसा लिएको भन्दै पीडितले तिनलाई पक्राउ गर्न गृहमन्त्रीसमक्ष मागसमेत गरेका थिए ।

1335
Shares

ट्रेन्डिङ