सबैको समाचार
मङ्लबार, असार ९, २०८३
  • होमपेज
  • अदालतले रोकेको अरनिको सडक निर्माण अघिबढ्ने , स्थानीयले मुद्धा फिर्ता लिने सहमति

अदालतले रोकेको अरनिको सडक निर्माण अघिबढ्ने , स्थानीयले मुद्धा फिर्ता लिने सहमति

1815
Shares
अदालतले रोकेको अरनिको सडक निर्माण अघिबढ्ने , स्थानीयले मुद्धा फिर्ता लिने सहमति

काभ्रे :- जिल्लाको अरनिको राजमार्ग अन्तर्गतको सिमास्थल साँगादेखि धुलिखेलसम्मको विस्तार कार्य अदालतको उत्प्रेषण आदेशमा स्थानीयले मुद्धा फिर्ता लिने सहमती भए संगै निर्माण कार्य सुरु हुनेछ।

आयोजना मध्ये साँगा – धुलिखेल अन्तर्गत बनेपाको बुडोलमा निर्माण सुरु गरिएको कल्भर्ट डेढ महिनादेखि रोकिएकोमा स्थानीयसँगनै निर्माण कार्यलाई निरन्तरता दिने सहमति भएको हो।

स्थानीयस्तरमा सरोकारवालाबीच भएको बैठकले तत्कालै मुद्दा फिर्ता लिने सहमति भएपछि निर्माणलाई निरन्तरता दिइने भएको हो । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका उपप्रमुख रिमबहादुर तामाङको अध्यक्षतामा सरोकारवाला एवं मुद्दा हाल्ने स्थानीयबीच सहमति भएको हो ।

तीन वर्षमा सक्ने गरी सडकखण्ड विस्तार गर्न २०७९ फागुन १६ गतेदेखि साँगाबाट धुलिखेलसम्मको आठ दशमलव ४ किमी सडकखण्ड रु चार अर्ब पाँच करोड ६४ लाखमा निर्माण थालिएको थियो ।

बनेपा नगरपालिका वडा न ६ बुडोलका १३ जना स्थानियले सडक आयोजनाको कार्यालय भक्तपुरसहित आयोजना प्रमुख राजेन्द्र दास, बनेपास्थित ६ र ७ नं वडा कार्यालयलाई विपक्षी बनाई गत फागुन २० गते रिट दर्ता गरेका थिए ।

1815
Shares

ट्रेन्डिङ