सबैको समाचार
शुक्रबार, बैशाख ५, २०८२
  • होमपेज
  • सभामुखले शीर्ष नेताहरुसँग छलफल गर्दै

सभामुखले शीर्ष नेताहरुसँग छलफल गर्दै

685
Shares
सभामुखले शीर्ष नेताहरुसँग छलफल गर्दै

 काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरुको बैठक बोलाएका छन् ।

सभामुखको कार्यकक्षमा आज बिहान साढे ११ बजे प्रधानमन्त्रीसहित शीर्ष नेताहरुको बैठक बोलाइएको हो ।

सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बैठकमा बोलाइएको उनको सचिवालयले जनाएको छ ।

यही वैशाख २८ गतेदेखि सुरु हुने बर्खे अधिवेशन सहज रुपमा सन्चालनको वातावरण बनाउने प्रयासमा शीर्ष नेताहरुलाई बैठकमा बोलाइएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

685
Shares

ट्रेन्डिङ