सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • आज शहीद दिवस, ज्ञात–अज्ञात शहीदप्रति प्रधानमन्त्रीबाट श्रद्धाञ्जली, राष्ट्रपति तथा उपराष्ट्रपतिद्धारा शुभकामना व्यक्त

आज शहीद दिवस, ज्ञात–अज्ञात शहीदप्रति प्रधानमन्त्रीबाट श्रद्धाञ्जली, राष्ट्रपति तथा उपराष्ट्रपतिद्धारा शुभकामना व्यक्त

6310
Shares
आज शहीद दिवस, ज्ञात–अज्ञात शहीदप्रति प्रधानमन्त्रीबाट श्रद्धाञ्जली, राष्ट्रपति तथा उपराष्ट्रपतिद्धारा शुभकामना व्यक्त

माघ १६, काठमाडौँ । आज माघ १६ गते शहीद दिवस मनाइँदैछ । प्रजातन्त्र स्थापना तथा पुनस्र्थापना र विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी मंगलबार पनि शहीद दिवस मनाइँदै छ । शहीदको सम्झनामा गएको १० गतेदेखि सप्ताहव्यापी कार्यक्रम भइरहेको छ ।

शहीद दिवसका अवसरमा रत्नपार्क, शान्तिबाटिकादेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरि गरी शहीदप्रति श्रद्धाञ्जलि दिईंदै छ राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय र समानतामा आधारित आर्थिक रुपले समृद्ध समतामूलक समाज निर्माण गर्न अग्रसर हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रपति भण्डारीले शहीद दिवसका अवसरमा सन्देश दिनुहुँदै इतिहासका विभिन्न कालखण्डमा भएका आन्दोलनमा होमिएर राष्ट्रका लागि वीरगति प्राप्त गरेका शहीदको योगदानको प्रतिफलस्वरुप नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुन सफल भएको बताउँदै वीर, अमर, त्यागी र भविष्यद्रष्टा शहीदको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत र सुदृढ गर्दै समुन्नत राष्ट्र निर्माण गर्न सकेमा मात्र शहीदप्रतिको सच्चा सम्मान र श्रद्धाञ्जलि हुने उल्लेख गर्नुभएको छ ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले शहीद दिवसका अवसरमा सन्देश दिनुहुँदै देशलाई दिगो आर्थिक विकाससहितको समृद्ध राष्ट्र बनाउने शहीदको सपना साकार पार्नका लागि एक भएर लाग्न सबैलाई आग्रह गर्नुभएको छ ।

यस्तै शहीद दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा शहीद सप्ताह मूल समारोह समितिले गरेको कार्यक्रममा लैनचौरमा रहेको शहीद पार्कमा पुगी ज्ञातअज्ञात शहीदप्रति पुष्पगुच्छा अर्पण गरी प्रधानमन्त्री देउवाले श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

यस्तै एमाले अध्यक्ष केपी शर्मा ओली शहीद दिवशका अवसरमा आज एक वक्तव्य जारी गर्दै शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गर्नु भएको छ । सरकारले हरेक वर्ष शहीदको सम्झनामा कार्यक्रम गर्दै आए पनि शहीदको सपना अझै पूरा हुन नसकेको गुनासो बढिरहेको छ ।

6310
Shares

ट्रेन्डिङ