सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • राष्ट्रसंघमा जागिर लगाइदिने भन्दै १२४ जनाबाट ४ करोड ३४ लाख ठगी गर्ने पक्राउ

राष्ट्रसंघमा जागिर लगाइदिने भन्दै १२४ जनाबाट ४ करोड ३४ लाख ठगी गर्ने पक्राउ

835
Shares
राष्ट्रसंघमा जागिर लगाइदिने भन्दै १२४ जनाबाट ४ करोड ३४ लाख ठगी गर्ने पक्राउ

काठमाडौं । टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई प्रक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको चाबहिलबाट ४२ वर्षीय विनोद श्रेष्ठलाई पक्राउ गरेको हो ।

श्रेष्ठले मासिक १४५० डलर तलबको प्रलोभन देखाएर १२४ जनाबाट ४ करोड ३४ लाख उठाएर फरार भएका थिए । उनले विभिन्न व्यक्तिबाट सुरुमा ५० हजार लिएका थिए । त्यसपछि दिल्ली पुर्‍याएर प्रतिव्यक्ति ३ लाखका दरले पैसा उठाएर फरार भएका थिए ।

श्रेष्ठले श्रीमती सुरुचि भुजेल र सालो सुजन भुजेलको खातामा रकम जम्मा गराउन लगाउने गरेको प्रहरीले जनाएको छ । उनीहरू दुवैलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

835
Shares

ट्रेन्डिङ