सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • काठमाडौँमै हात बाँधेर पूर्व डिएसपीलाई जुत्ताको माला लगाएर भिडियो खिचियो ( भिडियो सहित)

काठमाडौँमै हात बाँधेर पूर्व डिएसपीलाई जुत्ताको माला लगाएर भिडियो खिचियो ( भिडियो सहित)

1820
Shares
काठमाडौँमै हात बाँधेर पूर्व डिएसपीलाई जुत्ताको माला लगाएर भिडियो खिचियो ( भिडियो सहित)

काठमाडौं :- दुर्गा प्रसाईँको आलोचना गरेको भन्दै एक पूर्व प्रहरी अधिकारीमाथि काठमाडौंमै दिनदहाडै अभद्र व्यवहार गरिएको पाइएको छ ।

दुर्गा प्रसाईँको अभियानको आलोचना गरेको भन्दै अर्घखाँचीका केपी शर्मा पन्थीलाई प्रसाईँको समूहले पशुपति क्षेत्रमा दिउँसै बाँधेर जुत्ताको माला लगाएर भिडियो बनाएको हो ।

शर्मालाई केही युवाहरूले अब आइन्दा प्रसाईँको आलोचना नगर्न भन्दै फलामे कुर्सीमा बाँधेर जुत्ताको माला लगाएर भिडियो खिचेको देखिन्छ ।

फलामे कुर्सीको पछाडि हात बाँधेर जुत्ताको माला लगाएर सम्मान गरिएको भन्दै भिडियो खिचेका युवाहरूले अब देखि प्रसाईँको आलोचना नगर्ने शर्तमा मात्रै ति व्यक्तिलाई छाडेको भिडियोमा देखिन्छ ।

‘वैशाख ९ गते केही युवाहररुले पटक पटक भेट्न बोलाए पछि म भेट्न भनेर पशुपति क्षेत्रमा पुगेको थिएँ’ पन्थीले भने, ‘त्यसपछि मलाई फलामे कुर्सीमा बाँधेर जुत्ताको माला लगाइयो, भिडियो खिचियो ।’

सो बेला आफूसँग कुनै प्रमाण नभएका कारण कानुनी उपचारमा जान नसकेको तर २७ वैशाखमा आफूमाथि भएको अभद्र व्यवहारको भिडियो पाएपछि गौशाला प्रहरीमा निवेदन दिएको पन्थीको भनाई छ ।

गौशाला प्रहरी वृत्तका प्रमुख केशव कुमार थेवेले उक्त घटनाको पुष्टि गरे । पन्थीको जाहेरीका आधारमा सो कार्यमा संलग्न एक जनालाई नियन्त्रणमा लिइएको र बाँकी अन्यको खोजी भइरहेको थेवेले बताए ।

https://fb.watch/s1QTv13ju2

1820
Shares

ट्रेन्डिङ