सबैको समाचार
आइतवार, असार २, २०८१
  • होमपेज
  • बनेपामा २५ सय वर्ष पुरानो चण्डेश्वरी जात्रा सुरु

बनेपामा २५ सय वर्ष पुरानो चण्डेश्वरी जात्रा सुरु

180
Shares
बनेपामा २५ सय वर्ष पुरानो चण्डेश्वरी जात्रा सुरु

काभ्रे :- बनेपामा २५ सय वर्ष अगाडिदेखि बनेपाका नेवार समुदायले मनाउँदै आएको चण्डेश्वरी जात्रामा आज बाट सुरी भै तिन दिन सम्म चल्ने छ ।

बनेपा साता गाउँमा हरेक वर्ष चण्डी पूणिमा देखि तीन दिनसम्म जात्रा मनाउने गरिन्छ । जात्राको पहिलो दिन आज विहान सबेरै मत पूजा ९ चिराग यात्रा गरेर जात्रा प्रारम्भ गरिएको छ ।

दोस्रो दिन बिहान सम्ममा सोही स्थानमा रहेको देवी सहितको खटलाई विधिपूर्वक पूजा सकेर पुनः खटलाई बनेपाको वकुटोल ल्याईन्छ । खटलाई प्राचीन लायकू दरबार सम्म ल्याएर चण्डेश्वरी देवीको मूर्तिलाई अर्को सानो खटमा राखेर फेरी वकुटोलमै ल्याउने प्रचलन छ । मूर्तिलाई सानो खटमा राखेर पुनः चण्डेश्वरीमा पुर्‍याएपछि जात्रा सकिने गर्छ ।

धिमे, नाय्खिं, छुस्या लगायत विभिन्न बाजागाजा सहित आस्था भएका सबैले आ-आफ्नो घरबाट चिराग बोक्दै बनेपाको लायकुमा जम्मा भै जलेश्वर महादेव ९ जसिगा सम्म पुगेर विसर्जन गर्ने चलन रहेको चण्डेश्वरी जात्राका जानकारले बताउदै आएका छन ।

जात्राको क्रममा चण्डेश्वरी मन्दिरभित्र रहेका पिगं देवताहरुलाई १२ वटा बोका बलि दिने र ती मध्ये एउटा बोका द्वारे र अर्को बोका जोशीलाई दिइने चलन छ भने बाँकी बोकाको मासु कलंदान गरिन्छ । पूणिर्माकै दिन बनेपाको तीनधारामा बनाइएको पांग्रा नभएको खटलाई भेडा बलि दिइएपछि देवता नभएको खाली खटलाई बिभिन्न बाजागाजासहित युवाहरुले तानेरचण्डेश्वरी पुर्‍याउने प्रचलन छ ।

खटलाई मन्दिर नजिक पुर्‍याएपछि विधिपूर्वक पूजा गरी चण्डेश्वरी देवीको मूर्तिलाई खटमा राखिन्छ । कलंदान जात्रामा मासुलाई प्रसाद स्वरुप भीडमा फालिन्छ । चण्डेश्वरी जात्रामा बनेपाका स्थानीय मानन्धर, भोछिभोया, राजवाहक लगायतका सबै नेवार समुदायसँग प्रत्यक्ष सम्बन्ध रहने भएकोले यो जात्रालाई विशेष महत्वकासाथ लिइने गरिएको छ ।

यता नगरपालिकाले समेत वार्षिक बजेटमै बनेपा नगरपालिकाले सम्म बजेट व्यवस्थापन गर्दै आईइरहेको छ। नगरले समेत जात्रा व्यवास्थापमा सबै जात्राको विधि र अन्य प्रक्रियामा समेत बजेट व्यवस्थापन गर्दै आईरहेको बनेपा नगरपालिका वडा न ५ का वडा अधक्क्ष बलराम अधिकारीले जानकारी दिएका हुन्।

यस पटकको जात्रामा भने नगरपालिका संगै स्थानिय व्यवासायी सस्थाले समेत जात्रा विशेष रैथाने खाना महोत्सबको समेत आयोजना गरेको छ।

180
Shares

ट्रेन्डिङ