सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • बंगलादेशविरुद्धको टी-२० सिरिजमा अमेरिकाको लगातार दोस्रो जित

बंगलादेशविरुद्धको टी-२० सिरिजमा अमेरिकाको लगातार दोस्रो जित

630
Shares
बंगलादेशविरुद्धको टी-२० सिरिजमा अमेरिकाको लगातार दोस्रो जित

काठमाडौँ :- अमेरिकाले बंगलादेशलाई लगातार दुई खेलमा पराजित गरेको छ । गएराती समपन्न टी-२० सिरिजको दोस्रो खेलमा अमेरिकाले बंगलादेशलाइ ६ रनले पराजित गरेको हो ।

अमेरिकाले दिएको १४५ रनको लक्ष्य पछाएको बंगलादेश १९.३ ओभरमा १३८ रन बनाएर अल आउट भएको थियो ।

यस अघि अमेरिकाले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १४४ रन बनाएको थियो । यस अघि पहिलो टी-२० मा अमेरिकाले बंगलादेशलाई ५ विकेटले पराजित गरेको थियो ।

लगातार दुई जितपछि अमेरिकाले बंगलादेशविरुद्धको सिरिज एक खेल अघि नै २-० ले जितेको छ । अब तेस्रो खेल शनिबार हुने छ ।

630
Shares

ट्रेन्डिङ