इलाम । इलाम नगरपालिका २ स्थित सुम्बेक पराजुली गाँउमा आमाछोरा झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।
घरभित्रै सुत्ने कोठामा एकै ठाउँमा दुई वटा डोरीको पासो लगाएर फूलमाया तामाङ्ग र छोरा जीवन झुण्डिएको अवस्थामा फेला परेको इलाम प्रहरीले जनाएको छ ।
बुवा फुर्देन तामाङ घरमा नभएको बेला उनीहरू मृत भेटिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा डीएसपी प्रकाश जवेगुले बताए ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जवेगुको भनाइ छ ।