काभ्रे । पनौती नगरपालिका वडा नम्वर ५ स्थित सुब्बागाउँमा एक महिलाको मृत्यु भएको छ ।
एकै पटक खाएका मासु, आँप र रक्सी खाएपछि अत्याधिक गर्मीका कारण ४० बर्षिया महिला निरु श्रेष्ठको निधन भएको हो । खानामा मासु, आँप र रक्सी खाएर सुतेकी निरुले राति देखि नै असहज भएको बताउँदै परिवारलाई बोलाएकी थिईन् ।
बनेपाको शिर मेमोरियल अस्पताल लाने क्रममा विहान साढे ४ बजेको समयमा बाटोमा नै उनको मृत्यु भएको काभ्रे प्रहरीले जानकारी दिएको छ ।