काठमाडौं । उच्च मूल्यबाट सुनको भाउ ५ सय रुपैयाँले घटेको छ ।
बुधबारका लागि सुनको भाउ तोलामा १ लाख ४२ हजार २ सय रुपैयाँ तय भएको छ ।
अघिल्लो दिन १ लाख ४२ हजार ७ सय रुपैयाँ थियो । अघिल्लो दिनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो । चाँदीको भाउ तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन १ हजार ८६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८२५ रुपैयाँमा कायम भएको छ ।