काठमाडौं । बिहिबार सुनको मुल्य प्रतितोला रु एक हजार आठ सयले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुनको मूल्य आज एक लाख ४३ हजार तीन सय निर्धारण गरिएको छ । छापावाला सुन बुधबार प्रतितोला रु एक लाख ४२ हजार दुई सयमा कारोबार भएको थियो ।
छापावाला सुन प्रतितोला रु एक लाख ४४ हजार पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
त्यस्तै चाँदीको मूल्य आज रु एक हजार आठ सय ५० निर्धारण गरिएको छ । चाँदीको मूल्य बुधबार प्रतितोला रु एक हजार आठ सय २५ रहेको थियो ।