सबैको समाचार
आइतवार, भदौ ७, २०८३
  • होमपेज
  • प्रथम अल नेपाल काभ्रे थ्री बाई थ्री बास्केटबल प्रतियोगिता २०८१ सम्पन्न

प्रथम अल नेपाल काभ्रे थ्री बाई थ्री बास्केटबल प्रतियोगिता २०८१ सम्पन्न

1405
Shares
प्रथम अल नेपाल काभ्रे थ्री बाई थ्री बास्केटबल प्रतियोगिता २०८१ सम्पन्न

काभ्रे :- काभ्रे बास्केटबल संघद्वारा आयोजित प्रथम अल नेपाल काभ्रे ३ ह्३ बास्केटबल प्रतियोगिता २०८१ भव्यताका साथ सम्पन्न भएको छ।

प्रतियोगितामा २४ वटा टिमहरूको सहभागिता रहेको थियो। सहभागी टिमहरूले उत्कृष्ट प्रदर्शन प्रस्तुत गर्दै प्रतिस्पर्धा गरे। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुर कृष्ण वैद्यले उद्घाटन गरेको प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यान्जु रहेका थिए ।

समारोहमा नेपाल बास्केटबल संघका उपाध्यक्ष पवन थापा , काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रताप वैद्य लगाएतको समेत उपस्थिति रहेको थियो। उद्घाटन एवं समापन समारोहको सभापतित्व काभ्रे बास्केटबल संघका कोषाध्यक्ष शिव थापा मगरले गरेका थिए। शिव प्रतियोगिताको संयोजक समेत हुन्।

प्रतियोगितामा डाउनटाउन टिम विजेता बन्न सफल भएको थियो भने ड्रीमटिमले दोस्रो स्थान हासिल गर्यो। विजेता टिमलाई नगद रु २५,००० र दोस्रो हुने टिमलाई नगद रु १५,००० का साथसाथै विभिन्न आकर्षक गिफ्ट भौचरहरू प्रदान गरिएको थियो ।

खेल बनेपाको ज्ञानकुञ्ज शैशिक प्रतिष्ठानको बास्केटबल कोर्टमा सम्पन्न भएको थियो। खेलकुदले शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने हुँदा, यस प्रतियोगिताले युवाहरूलाई अनुशासन, टीमवर्क, र नेतृत्व क्षमताको विकास गर्ने अवसर प्रदान गर्ने आयोजकले विश्वास लिएको छ।

1405
Shares

ट्रेन्डिङ