सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • मिटरब्याज मुद्दा मिलाइदिने भन्दै पैसालिने साह पक्राउ

मिटरब्याज मुद्दा मिलाइदिने भन्दै पैसालिने साह पक्राउ

1140
Shares
मिटरब्याज मुद्दा मिलाइदिने भन्दै पैसालिने साह पक्राउ

रौतहट :- मिटर ब्याज अनुचित लेनदेन मुद्दा मिलाउने भन्दै पीडितसँग पैसा लिएका एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका-७ घर भएका हरी साहका ४५ वर्षीय छोरा भरोसी साह रहेका छन्। उनलाई पीडितसँग पैसा लिइरहेकै अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता एवं डीएसपी एलिजा गिरीले बताइन्।

आरोपी साहले सिडियो र अन्य कर्मचारीलाई दिनुपर्छ भन्दै पीडितसँग ५० हजार मागेको आरोप छ।

पैसा लिइरहेको सूचनाको आधारमा नियन्त्रणमा लिएर अनुसन्धान गरी पीडितसँग लिएको पैसा फिर्ता गराएर आरोपीमाथि ठगि सम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी कारबाही सुरु गरिएको डीएसपी गिरीले जानकारी दिइन्।

जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गराइदिन्छु भन्दै ५० हजार लिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सोमबार साँझ ५ बजे उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

1140
Shares

ट्रेन्डिङ