सबैको समाचार
आइतवार, असार ९, २०८१
  • होमपेज
  • पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुल्यो

पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुल्यो

80
Shares
पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुल्यो

काठमाडौँ । पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिएका छन् ।

चारवटै ढोका खोलिएपछि अहिले भगवान पशुपतिनाथको दर्शनका लागि भक्तजनहरुको कोरक्षेत्रमा लाइन बढेको छ ।

मन्दिरमा दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आजदेखि पशुपतिनाथको चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए ।

अहिलेसम्म पशुपतिनाथको पश्चिमतर्फको ढोका बिहान ४ बजेदेखि खुला हुने र उत्तर, पूर्व र दक्षिणका ढोका बिहान ९ः३० बजेदेखि ११ः३० सम्म खुला गरिँदै आएको थियो ।

यसअघि महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो ।

80
Shares

ट्रेन्डिङ