सबैको समाचार
आइतवार, असार ९, २०८१
  • होमपेज
  • राजीनामा बोकेर हिँडेका छौं : विराजभक्त श्रेष्ठ

राजीनामा बोकेर हिँडेका छौं : विराजभक्त श्रेष्ठ

85
Shares
राजीनामा बोकेर हिँडेका छौं : विराजभक्त श्रेष्ठ

काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले कुनैपनि बेला सरकारबाट बाहिरिन सक्ने बताएका छन् ।

श्रेष्ठले कुनै पनि विषयमा सम्झौता गर्नुपर्ने अवस्था आए सरकारबाट बाहिरिने बताएका हुन् ।

रास्वपा स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले  रास्वपाका मन्त्रीहरूले राजीनामा पत्र बोकेर हिँडिरहेको र त्यसमा मिति मात्रै लेख्न बाँकी रहेको बताएका हुन् । सत्तारूढ दलहरूबीच नीति तथा कार्यक्रम र बजेटलगायत विषयमा छलफल एवं सत्ता गठबन्धन बनेको एक सय दिन पुग्दासमेत समीक्षा नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

सरकारमा सहभागिताको विषयमा रास्वपाले पनि आन्तरिक समीक्षा गर्नुपर्ने मन्त्री श्रेष्ठले बताए । सरकारमा सहभागी भएको एक सय दिन पुगेको र यसबीचमा सरकारका योजना तथा बजेटका विषयमा सार्वजनिक रूपबाट सही टिप्पणी नआएको विषयमा सचेत भएर समीक्षा गर्नुपर्ने उनको भनाइ छ । 

85
Shares

ट्रेन्डिङ