सबैको समाचार
सोमवार, असार १७, २०८१
  • होमपेज
  •  मेयर बालेन ब्राजिल प्रस्थान

 मेयर बालेन ब्राजिल प्रस्थान

85
Shares
 मेयर बालेन ब्राजिल प्रस्थान

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह ब्राजिल प्रस्थान गरेका छन् ।

जुन १९ र २०, २०२४ ब्राजिलको साओ पाउलोमा हुने निर्देशक बैठकमा भाग लिन बालेन ब्राजिल प्रस्थान गरेका  हुन् ।  बैठकमा मेयर साहले सम्बोधन गर्नेछन् ।

मेयर बालेन मेट्रोपोलिस निर्देशक बोर्ड सदस्य छन् । मेयर साहलाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, स्वकीय सचिव भूपदेव शाह, सचिवालय सदस्य धिरज जोशी र नविन भण्डारीले त्रिभुवन विमानस्थलको विशिष्ट कक्षबाट विदाइ गरे ।

 कार्यक्रमअन्तर्गत ‘मेयरल राउन्ड टेबल’ शीर्षकमा बुधबार हुने आवास र भूमि तथा महानगर कल्याण र जीवन स्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति बहस’ मा साहले प्यानलिस्टका रूपमा धारणा प्रस्तुत गर्नेछन् । 

85
Shares

ट्रेन्डिङ