सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • दुधको भुक्तानीको आन्दोलनरत किसानहरु लैनचौरबाट पक्राउ

दुधको भुक्तानीको आन्दोलनरत किसानहरु लैनचौरबाट पक्राउ

745
Shares
दुधको भुक्तानीको आन्दोलनरत किसानहरु लैनचौरबाट पक्राउ

काभ्रे :- दुधको आन्दोलन गरीरहेका किसानलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौको लैनचौरमा आन्दोलित किसानलाई प्रहरीले पक्राउ गरेर हाल कालिमाटी प्रहरी बृतमा राखेको केन्द्रिय दूध उत्पादक सघ लि पदाधिकारी सहितको आन्दोलनको क्रममा नियन्त्रणमामा लिईएको छ ।

सोही सघका केन्द्रीय सदस्य एवम काभ्रेका अध्यक्ष एवम धुलिखेल नगरपालिका वडा न ११ का वडा अध्यक्ष समेत रहेका नारायण बडालले लैनचौरबाट देशभरका दुध किसान पक्राउ गरिएको जानकारी दिनु भयो ।

देशभरका किसानले दूधको भुक्तानि नपाएको भन्दै लैनचौरमा अन्दोलित भएका थिए ।आन्दोलन स्थलबाट पक्राउ गरि गौशाला बृतमा राखेको गुनासो बडालले गरेका हुन । अहिले प्रहरी नियन्त्रणमा बडाल सहित देशभरका किसान रहेको बडालले बताएका छन । किसानले अहिले डिडिसीबाट ७ महिना सम्मको भुक्तानी पाउन बाकी छ ।

काभ्रे दुधमा आत्मनिर्भर जिल्ला हो । यहाँ दैनिक ३ लाख लिटर दूध उत्पादन हुने गर्दछ । ६० देखि ७० हजार लिटर जिल्लामै खपत भएता पनि बाकी उपत्यका बजारीकरणका लागि जाने गरेको छ ।

745
Shares

ट्रेन्डिङ