सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • काभ्रे जिल्ला आदालत अघि नाराबाजी , फरार ब्यक्ति पक्राउ गर्न दवाब

काभ्रे जिल्ला आदालत अघि नाराबाजी , फरार ब्यक्ति पक्राउ गर्न दवाब

1460
Shares
काभ्रे जिल्ला आदालत अघि नाराबाजी , फरार ब्यक्ति पक्राउ गर्न दवाब

काभ्रे :- जिल्लाको प्रमुख जात्राहरु मध्येको एक प्रसिद्ध जात्रा हो । बनेपामा हरेक वर्ष चल्ने चण्डेश्वरी जात्रा । सोही जात्रामा भएको झडपमा परी घाइते भएका सुबिन मानन्धरको उपचारको क्रममा मृत्यु भएको छ । जेठ १० गते देखि चलेको जात्रा तीन दिनसम्म चल्ने गर्दछ ।

जेठ ११ गते राति ८ः३० बजे बनेपा तिनधारामा दुई समूहबीच झगडा हुँदा स्थानीय २३ वर्षका सुबिन मानन्धरलाई रथको चुकुलले बनेपाकै वडा न ९ का २४ वर्षीय सुरज खड्गीले प्रहार गरेका थिए । उनिलाई यस अगाबै प्रहरीले पक्राउ गरेर सार्वजनिक गरीसकेको छ ।

घाईते मानन्धरको भने अन्नपूर्ण अस्पतालमा उपचार भैरहेकोमा उपचारकै क्रममा मृत्यु भैसकेको छ । चुकुल प्रहारगर्ने खड्गीलाई पक्राउ गरी उनीविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी ज्यान मार्ने उद्योगमा अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

फरार अभियुक्त तुरुन्त पक्राउ गर,अपराध लुकाउन पाईदैन,अपराधीलाई जन्म कैद गर,मृतकको परिवारलाई न्याय दे,कानुनी शासन लागू गर भन्ने नाराका साथ पिडित तथा आफन्तहरुले भेला भई नाराबाजी गरेका छन ।

1460
Shares

ट्रेन्डिङ