सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • चितुवाको आक्रमणबाट ६ घाइते

चितुवाको आक्रमणबाट ६ घाइते

525
Shares
चितुवाको आक्रमणबाट ६ घाइते

नवलपुर  । नवलपुरको मध्यविन्दुमा चितुवाको आक्रमणबाट ६ जना घाइते भएका छन् ।

मध्यबिन्दु –८ देवकोटा टोलस्थित रामबहादुर खत्रीको घरभित्र चितुवा छिरेर आक्रमण गर्दा ६ जना घाईते भएका हुन् ।

घाइते हुनेमा मध्यबिन्दु –८ देवकोटा टोल निवासी ४५ वर्षीय देवा ठकुरीे, ३२ वर्षीय सुनिल जैसवाल, ३२ वर्षीय रुपा कुमाल, १९ वर्षका अमृत चौधरी, २२ वर्षीय रोशन कुमाल र २२ वर्षका अमृत महतो रहेको प्रहरीले जनाएको छ ।

विहीबार विहान मध्यविन्दु नगरपालिका –८ मा ६ जनालाई घाइते बनाएको चितुवा मृत फेला परेको छ । जंगलमा अरु जनावरसँग लडेर घाइते भएको चितुवा बस्ती प्रवेश गरेर स्थानीयलाई आक्रमण गरेर भाग्ने क्रममा स्थानीयको आक्रमणबाट मारिएको हुनसक्ने अनुमान गरिएको छ ।

525
Shares

ट्रेन्डिङ