सबैको समाचार
सोमवार, भदौ २९, २०८३
  • होमपेज
  • २३ कात्तिकदेखि त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द

२३ कात्तिकदेखि त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द

1055
Shares
२३ कात्तिकदेखि त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द

काठमाडौं । आगामी २३ कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ ।

कात्तिक २३ देखि चैत १८ सम्म पाँच महिना राति १० बजेपछि बिहान ८ बजेसम्म उडान बन्द हुने भएको हो ।

विमानस्थल कार्यालयले धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ बेलगायत काम गर्नुपर्ने भएकाले विमानस्थल बन्द गर्नुपर्ने जनाएको छ ।

हाल बिहान ६ बजे खुलेर राति २ बजे बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालन हुँदै आएको छ। यहाँ राति १० बजेपछि नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, सिङ्गापुर एयरलाइन्स, क्याथे प्यासिफिक, कतार एयरवेजलगायतका वायुसेवाले उडान–अवतरण गर्दै आएका छन्। 

1055
Shares

ट्रेन्डिङ