सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • संसदीय गतिविधि वेबसाइटमा राख्न सांसद बर्तौलाले गरे माग

संसदीय गतिविधि वेबसाइटमा राख्न सांसद बर्तौलाले गरे माग

1035
Shares
संसदीय गतिविधि वेबसाइटमा राख्न सांसद बर्तौलाले गरे माग

काठमाडौँ। नेकपा एमालेका प्रमुख सचेतक एवम् सांसद महेश बर्तौलाले २०१५ सालदेखिका संसदीय गतिविधिलाई वेबसाइटमा राख्न माग गरेका छन् ।

मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै २०१५ सालदेखिका संसदीय गतिविधिलाई सर्वसाधारणले सजिलै भेट्ने गरी वेबसाइटमा राख्न माग गरेका हुन् ।

अहिलेसम्म हेर्दा विभिन्न खालका संसद्का अभिलेखहरूलाई व्यवस्थित रूपमा सर्वसाधारणले सजिलै पाउन नसकेको बर्तौलाले जिकिर गरे ।

सांसद बर्तौलाले संसद्का समग्र गतिविधिहरूलाई वेबसाइटमार्फत सजिलै हेर्नसक्ने गरी वेबसाइटमा ल्याउन माग गर्नुभयो । उहाँले २००८ देखिएका राजपत्र, २०१३ सालदेखि पत्रिका र देशभर फौजदारी मुद्दा कस्तो छ भनेर खोज्दा सर्वोच्चको साइटमा भेट्न सकिने तर संसद्को समग्र गतिविधिलाई व्यवस्थित ढङ्गमार्फत राखिएको नभेटिने अवस्थाको अन्त्य गर्नुपर्ने  बताए ।

1035
Shares

ट्रेन्डिङ