काभ्रे ।काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नम्वर ११ स्थित जुगेश्वर माध्यमिक विद्यालयका शिक्षक जर्बजस्ति करणी अभियोगमा पक्राउ परेका छन् ।
काभ्रेको महाभारत गाउँपालिका वडा नम्वर १ गोकुले घर भई रोशी स्थित जुगेश्वर माध्यमिक विद्यालयमा कार्यरत २९ बर्षिय शिक्षक दिलकुमार श्रेष्ठ शिक्षिका बलात्कारको आरोपमा पक्राउ परेका हुन् ।
२०८१ असार ६ गते रातिको समयमा श्रेष्ठले मादक पर्दाथ सेवन गरी जर्बजस्ति करणी गरेको जाहेरीमा उल्लेख छ । दिलकुमारले शिक्षिकालाई जर्बजस्ति करणी गरेको जाहेरी जिल्ला प्रहरी कार्यालय काभ्रेले दर्ता गरिसकेको छ ।
जर्बजस्ति करणी पछि शिक्षक श्रेष्ठले एसएमएस मार्फत माफि मागेको तथा टक पटक फोन गरेको जाहेरिमा उल्लेख छ । शिक्षक श्रेष्ठ असार ९ गते सोहि स्थानबाट पक्राउ परेका छन् ।
घटनाबारे थप अनुसन्धान भईरहेको काभ्रे प्रहरीले बताएको छ ।