सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • शिक्षिका बलात्कारको अभियोगमा काभ्रेका शिक्षक पक्राउ

शिक्षिका बलात्कारको अभियोगमा काभ्रेका शिक्षक पक्राउ

1410
Shares
शिक्षिका बलात्कारको अभियोगमा काभ्रेका शिक्षक पक्राउ

काभ्रे ।काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नम्वर ११ स्थित जुगेश्वर माध्यमिक विद्यालयका शिक्षक जर्बजस्ति करणी अभियोगमा पक्राउ परेका छन् ।

काभ्रेको महाभारत गाउँपालिका वडा नम्वर १ गोकुले घर भई रोशी स्थित जुगेश्वर माध्यमिक विद्यालयमा कार्यरत २९ बर्षिय शिक्षक दिलकुमार श्रेष्ठ शिक्षिका बलात्कारको आरोपमा पक्राउ परेका हुन् ।

२०८१ असार ६ गते रातिको समयमा श्रेष्ठले मादक पर्दाथ सेवन गरी जर्बजस्ति करणी गरेको जाहेरीमा उल्लेख छ । दिलकुमारले शिक्षिकालाई जर्बजस्ति करणी गरेको जाहेरी जिल्ला प्रहरी कार्यालय काभ्रेले दर्ता  गरिसकेको छ ।

जर्बजस्ति करणी पछि शिक्षक श्रेष्ठले एसएमएस मार्फत माफि मागेको तथा टक पटक फोन गरेको जाहेरिमा उल्लेख छ । शिक्षक श्रेष्ठ असार ९ गते सोहि स्थानबाट पक्राउ परेका छन् । 

घटनाबारे थप अनुसन्धान भईरहेको काभ्रे प्रहरीले बताएको छ ।

1410
Shares

ट्रेन्डिङ