सबैको समाचार
आइतवार, असार १६, २०८१
  • होमपेज
  • एमालेलाई ३ वटा धक्का लागेको छ : पुर्व रास्ट्रपति भण्डारी

एमालेलाई ३ वटा धक्का लागेको छ : पुर्व रास्ट्रपति भण्डारी

कलङकको टीका नलगाउनुस भन्दा खरानी हुन तयार छु भनेको अहिले त्यै भएको छ :- पुर्व रास्ट्रपति भण्डारी

75
Shares
एमालेलाई ३ वटा धक्का लागेको छ : पुर्व रास्ट्रपति भण्डारी

काभ्रे :- मदन भन्डारी फाउन्डेसन काभ्रेको आयोजनामा आयोजित कार्यक्रम लाई सम्बोधन गर्दै पुर्व रास्ट्रपति विधादेवि भन्डारीले सम्बोधन गर्दै नेकपा एमालेलाई ३ वटा धक्का लागेको आफुले महसुस गरेको बताउनु भयो।

काभ्रेको धुलिखेल नगरपालिका सभाहलमा एक धक्का मदन भण्डारीको निधन र २०५४ मा एमाले फुटेको र २०७७ मा समेत फुटकै धक्का लागेको भन्दै पार्टी विभाजन भएको समरण गर्नु भयो । तर २०७९ को निर्वाचनमा अन्य ५ दल एका तिर हुदा पनि एक्लै लड्दा पनि टुका छुटिएर जादा अनि लोकप्रिय हुनु भनेको सत्यको जित हो जनता को जित हो । यो शक्ति हो । हामिले आफ्नो सङकल्प दृड भएर अघि बड्नु पर्नेमा जोड दिनु भयो ।

संगै राजनैतिक गर्ने हो भने जनताका लागि गर्ने हो । यदि हामी समृद्ध र सुखी नेपाल्ली चाहान्छौ भने त्यो जनताको सरोकारका विषय राजनैतिक नेतृत्वले गर्नु पर्ने जोड दिनु भयो। उनले मदनभण्डारीको जन्म दिन कसरी मनाउन थालिएको भन्ने स्मरण गर्दै उहाको निधन पछी तात्कालिक केपी ओलीको सरकारले आसार १४ गतेलाई रास्टिय बिरुवा दिवस को धोषणा गर्नु भएको हुन् सक्ने आकलन समेत ब्यक्त गर्नु भयो।

असार १४ गते बिरुवा दिवस भनेर घोषण गर्नुमा कहि कतै अन्तर सम्बन्ध होला कि झै लाग्छ । मदनको मृत्युलाई स्मरण गर्दै अकाल मृत्यु जस्तो देखिन्छ । रहस्यमय जिप दुर्घटना हो । उहाको योगदानलाई कदर गर्दै बैचारीक रुपमा अगाडी लगेर जबजलाई सार्थक रुप दिन जनताको मन जितेर चै सुशासनमा जानू पर्ने मा जोड दिनु भयो ।

जनताको मन जितेर नै कम्युनिस्ट , जनताको सेवक भन्या चै कम्युनिस्ट पार्टी नै हो । जनताको विस्वास जित्नु पर्यो ,शान्तीपुर्ण तरिकाले कार्य गर्नु पर्छ । एउटा नजिर देखाएर बदनाम गराउने कार्य भएकोमा मदनले त्यो चिरेका हुन मेरो बुझाईमा । प्रतिस्पर्धा भन्या समान्य रुपमा मित्र सङ पनि हुन्छ । राम्रोको लागि प्रतिस्पर्धा हुन्छ हुनु पर्छ । हाम्राकति मैलिक सस्कृतिहरुलाई कुल्चिनु हुदैन , हरेक कुरामा साम्राज्यवाद र विस्तारवाद हाबी भएर रास्टिय अर्थतन्त्र जब सम्म समृद्ध हुदैन तब सम्म रास्ट्र सम्पन्न नबन्ने उनको भनाई थियो।

सम्बोधनकै चरममा भण्डारीले मुलुकको अर्थतन्त्र सुधारका लागी समेत नेकपा एमालेले कार्य गर्नु पर्ने बताउदै अहिले मुलुकमा ४ खर्ब त कृषि र बन सङ सम्बन्धित सरसमान आयात भैरहेको बताउनु भयो । रेमिटान्सका कारण मुलुक चलिरहेको छ । यसरी मुलुक चल्दैन । जबजको पक्षधर एमाले पार्टी भएकाले रास्टिय अर्थतन्त्रलाई कसरी समृद्ध बनाउने , उत्पादनमा लाग्ने शक्ति बैदेशिक रोजगारमा जादा कसरी मुलुक बन्छ । भन्दै प्रस्न समेत गर्नु भयो ।

रास्टिय अर्थतन्त्रलाई सम्बृद्ध नबनाई मुलुक बन्न नसक्ने भन्दै मुलुक अहिले व्यापार कमिसनले चलेको आरोप समेत लगाउनु भएको छ । देशमा अहिले रास्टिय पुजि भन्दा दलाल पुजि फस्टाएको जिकिर गर्दै यस्तो प्रक्रियाले समृद्धि नहुने उहाको भनाई थियो।

राजनीति समाज सेवा र राज्य सेवा हो । राजनिती भनेको देशका लागि हो जनाताका लागि हो । राजनैतिक कर्मी भनेको सेवक हो । मिर्त्यु हदा खेरी अलिकता मलामी आओस यहि हो । रास्ट्रले अझै घाटा ब्यहोरेको छ । ५१ सालमा ठूलो दल भनाएकै हैन र ५४ सालमा आएर पार्टी विभाजन भयो । र ७७ मा त् अझ आफु बाट टुक्रा भएको समूह समेत अन्य दल संग मिलेको सम्झना गर्नु भयो।

मतभेदका विसय भए आन्तरिक रुपमा छलफल र अन्तर सम्बाद गर्नु पर्छ । कलङकको टीका नलगाउनुस भन्दा खरानी हुन तयार छु भनेको अहिके त्यौ भएको छ । जुन पार्टीबाट रास्ट्रपति बने त्यो नै फुटाउदा , मलाई दुख लाग्छ ।नि भन्दै संसद विगठन लाई इन्ग्कित गर्दै आफुले थाहा पाएर नै सदर गरेको बताईन। भने छलफलबाट मिलाउन खोज्दा नसकेर खुटा समाएर ढोग्न मात्र बाकी राखेको बताउनु भयो।

धुलिखेल नगरपालिका वडा न ११ काभ्रे भन्ज्यांङ्गमा निर्माण गरेको मदन भण्डारीको पार्कमा राहेको मदन भण्डारीको प्रतिमालाई माल्यार्पण गरे पश्चात नगर सभा हालमा आयोजित कार्यक्रममा नेकपा एमालेमा जिल्लाका नेता कार्यकर्ता देखि प्रदेश अधक्क्ष र केन्दीय सदस्य एवं पुर्व मंत्री प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटा , पुर्व संसद नविना लामा लगाएतको उपस्थिति रहेको थियो।

75
Shares

ट्रेन्डिङ