सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • राजनीतिक दलको सदस्यता लिएकाले त्रिविको उपकूलपतिका लागि आवेदन दिन नपाउने

राजनीतिक दलको सदस्यता लिएकाले त्रिविको उपकूलपतिका लागि आवेदन दिन नपाउने

1035
Shares
राजनीतिक दलको सदस्यता लिएकाले त्रिविको उपकूलपतिका लागि आवेदन दिन नपाउने

काठमाडौँ । कुनै पनि राजनीतिक दलको सदस्यता लिएको व्यक्तिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिन नपाउने भएको छ । 

विश्वविद्यालयले ‘त्रिभुवन विश्वविद्यालयका सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१’ सार्वजनिक गरेको छ, जसमा कुनै पनि पदको उम्मेदवारले दलको सदस्य नभएको स्वघोषणा अनिवार्य गरिएको छ ।

उपकुलपति सिफारिस समितिले आजदेखि १५ दिनको म्याद दिँदै उपकुलपतिका लागि दरखास्त आह्वान गरेको छ । जसमा आवश्यक न्यूनतम योग्यतामा दरखास्त दिनु तत्काल अघि कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।

अहिलेसम्म नियुक्तिसम्बन्धी मापदण्ड नहुँदा राजनीतिक भागबन्डा हुने गरेको थियो । तत्कालीन उपकुलपति धर्मकान्त बास्कोटाको पालामा कीर्तिपुर केन्द्रीय विभाग प्रमुखहरूको नियुक्ति सम्बन्धी विनियम बनाएका थिए, जसले ‘वरिष्ठतम शिक्षकहरू मध्येबाट विभागीय प्रमुख हुने,’ व्यवस्था गरेको छ ।

1035
Shares

ट्रेन्डिङ