काठमाडौं । चीनको मुख्य भूमिमा १०० भन्दा बढी जिउँदो सर्पलाई ट्राउजरमा हालेर तस्करी गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको छ ।
‘अर्धस्वायत्त हङकङबाट सीमावर्ती शहर शेन्जेनतर्फ जान खोज्दा भन्सार अधिकारीहरूले ती व्यक्तिलाई रोकेका थिए।’ विज्ञप्तिमा भनिएको छ ।
“प्रत्येक झोलामा सबै प्रकारका आकार र रङका जीवित सर्प भेटिएका थिए,” प्रतिवेदनमा भनिएको छ । अधिकारीले १०४ खस्रो सरीसृपहरू जफत गरेका छन् । जफत गरिएका सर्वमध्ये दूध सर्प, मकै सर्प र अन्य विदेशी प्रजातिहरू थिए ।
भिडियोमा दुई जना सीमा अधिकारी रातो, गुलाबी र सेतो सर्पले भरिएको पारदर्शी प्लास्टिकको झोलामा हेरिरहेको देखिन्छ । चीनमा पछिल्लो समय अवैध व्यापारमा कडाइ गरेका छन् ।
देशको जैविक सुरक्षा र रोग नियन्त्रण कानुनले मानिसहरूलाई अनुमति बिना गैर–देशी प्रजातिका जनावर ल्याउन निषेध गरेको छ । रासस