सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • चीनमा १०० वटा जिउँदो सर्प ट्राउजरमा राखी तस्करी गरेको आरोपमा एक जना पक्राउ

चीनमा १०० वटा जिउँदो सर्प ट्राउजरमा राखी तस्करी गरेको आरोपमा एक जना पक्राउ

1185
Shares
चीनमा १०० वटा जिउँदो सर्प ट्राउजरमा राखी तस्करी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । चीनको मुख्य भूमिमा १०० भन्दा बढी जिउँदो सर्पलाई ट्राउजरमा हालेर तस्करी गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको छ ।

‘अर्धस्वायत्त हङकङबाट सीमावर्ती शहर शेन्जेनतर्फ जान खोज्दा भन्सार अधिकारीहरूले ती व्यक्तिलाई रोकेका थिए।’ विज्ञप्तिमा भनिएको छ ।

“प्रत्येक झोलामा सबै प्रकारका आकार र रङका जीवित सर्प भेटिएका थिए,” प्रतिवेदनमा भनिएको छ । अधिकारीले १०४ खस्रो सरीसृपहरू जफत गरेका छन् । जफत गरिएका सर्वमध्ये दूध सर्प, मकै सर्प र अन्य विदेशी प्रजातिहरू थिए ।

भिडियोमा दुई जना सीमा अधिकारी रातो, गुलाबी र सेतो सर्पले भरिएको पारदर्शी प्लास्टिकको झोलामा हेरिरहेको देखिन्छ । चीनमा पछिल्लो समय अवैध व्यापारमा कडाइ गरेका छन् ।

देशको जैविक सुरक्षा र रोग नियन्त्रण कानुनले मानिसहरूलाई अनुमति बिना गैर–देशी प्रजातिका जनावर ल्याउन निषेध गरेको छ । रासस

1185
Shares

ट्रेन्डिङ