सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • जहाज दुर्घटनामा मृत्यु भएकाको पोष्टमार्टम जारी

जहाज दुर्घटनामा मृत्यु भएकाको पोष्टमार्टम जारी

580
Shares
जहाज दुर्घटनामा मृत्यु भएकाको पोष्टमार्टम जारी

 काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका १८ जनाको शवको पोष्टमार्टम जारी छ । 

त्रिवि शिक्षण अस्पतालमा त्यहाँको जनशक्तिले मात्रै नभ्याउने भएकाले पाटन स्वास्थ्य विज्ञान र भक्तपुर अस्पतालका चिकित्सकहरुलाई समेत झिकाइएको छ ।

पोष्टमार्टम गरीसकेर परिवार र आफन्तलाई शव जिम्मा लगाइने पोष्टमार्टममा संलग्न चिकित्सकले बताएका छन् ।

एउटा शव पोष्टमार्टम गर्न कम्तिमा चार घण्टा लाग्ने र १८ वटा शव पोष्टमार्टम गरिसकेर आफन्तलाई भोलि शुक्रबारसम्म बुझाउन सकिने त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभाग प्रमुख डा। गोपाल चौधरीले बताए ।

अत्यधिक जलेका शवको हकमा डीएनए टेष्ट पनि गर्नुपर्ने हुनसक्ने डा. चौधरीले बताए ।

580
Shares

ट्रेन्डिङ