सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • सुत्केरीको ज्यान गएपछि काभ्रेको शिर मेमोरियल अस्पतालको आइसियु तोडफोड

सुत्केरीको ज्यान गएपछि काभ्रेको शिर मेमोरियल अस्पतालको आइसियु तोडफोड

1360
Shares
सुत्केरीको ज्यान गएपछि काभ्रेको शिर मेमोरियल अस्पतालको आइसियु तोडफोड

काभ्रे । जिल्लाकाे बनेपामा रहेकाे शिरमेमाेरियल अस्पतालकाे आइसियूमा जाने ढाेका स्थानीयले ताेडफोड गरेका छन् । शुक्रबार राती एक सुत्केरी महिलाकाे उपचारकाे क्रममा मृत्यु भएपछि मृतकका आफन्तहरुले आक्राेशित भै ढाेका ताेडफोड गरेका हुन्।

मृत्यु हुनेमा बनेपा ३ निवासी इश्वरी सुन्दास हुन् । ईलाका प्रहरी कार्यालय, बनेपाका अनुसार गत बुधवार अर्थात साउन ९ गतेका दिन बनेपा नगरपालिका वडा न ३ नाला बस्ने बिकाश सुन्दाशको श्रीमती वर्ष ३२ की इश्वरी सुन्दाश सुत्केरी गराउन शिरमेमाेरियल अस्पतालमा भर्ना गरिएकाे थियाे ।

साेही दिन १२:२५ बजेको समयमा इश्वरीले छोरा जन्माइ सके पश्चात रगत जस्तो तरल पदार्थ बग्न नरोकिए पछि पश्चात निजको सोही अस्पतालमा पाठेघरको शल्यक्रिया गरेकाे जिल्ला प्रहरी कार्यलय काभ्रेका सुचना अधिकारी राज कुमार श्रेष्ठले जानकारी दिएका थिए।

शल्यक्रिया पश्चात इश्वरीलाई राती ११ः५५ बजे डाक्टरले मृत घोषणा गरेकाे थिए । डाक्टरकाे लापार्वाहीका कारण मृत्यु भएकाे आफन्तले आरोप लगाउदै आक्राेशित भइ ताेडफोडमा उत्रेपछि प्रहरीले भिड नियन्त्रण गरी छलफलकाे वातारण बनाएकाे छ ।

प्रहरीका अनुसार पिडित आफन्तहरुले ईप्रका बनेपमा उपचारमा संलग्न डक्टरलाई कारवाहीको माग गर्दै जाहेरी समेत दिएका छन्। अस्पताल प्रशासन र पिडीतको आफन्तहरु छलफल अहिले अस्पताल प्रशासनमा चलिरहेको छ।

1360
Shares

ट्रेन्डिङ